अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २७ माघ

            महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटीएको प्रहरीले अबैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २६ गते १९:०० बजे मुलपानी पिपलबोटबाट भक्तपुर बोडे बस्ने दोलखाका एलिस खड्का र मुलपानी बस्ने सिन्धुपाल्चोक का विज्ञान योञ्जनलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले नुफिन ४ एम्पुल, डाईजेल्याप ४ एम्पुल र   tromethazine hydrochioride injection L.P. थान ४  बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।