जुवा तास खेल्ने नियन्त्रणमा

काठमाण्डौ , २५ माघ

            महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलिले  जुवा तास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २४ गते २१:१५ बजेको समयमा काठमाण्डौ महानगरपालिका-१५ ढुंगेधारा अन्नपुर्ण चोकमा बा . १ ख.९७१९ नम्बरको बिग्रीएको गाडीभित्र जुवातास खेलिरहेको अबस्थामा धादिङका चन्द्र गुरुङ सहित ६ जनालाई नगद रू ३६ हजार २ सय  सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।