प्रहरीलाई घुस दिने नियन्त्रणमा

काठमाण्डौ, २५ माघ

          छुट्टाछुट्टै घटनामा प्रहरीलाई घुस दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले यही २४ गते १८:३० बजे काममाण्डौ महानगरपालिका -२६ डि.डि.सी. चोकमा सवारी साधन चेकजाँज गर्ने क्रममा काठमाण्डौ महानगरपालिका १८ मनमैजु बस्ने राजन पण्डितले मादक पदार्थ सेवन गरी चलाएको बा. ४८ प .७७७६ नम्बरको मोटरसाईकललाई चेकजाँज गर्दा प्रहरी टोलिलाइ आर्थिक प्रलोभन देखाइ रू. ३ हजार दिएकाले पण्डितलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

            यसै गरी यहि २४ गते २१:३० बजे काठमाण्डौ सुकेधारा चोकमा बा. ५ ख. ४४०१ नम्बरको ट्रिफरलाई चेकजाँच गर्दा चालक सिन्धुपाल्चोकका मिन बहादुर तामाङले प्रहरीलाई बिलबुकमा हाली  १ सय रूपैया दिएकाले तामाङलाई नियन्त्रणमा लिएको छ ।

            यसै गरी  काठमाण्डौ महानगरपालिका बसुन्धरा चोकमा यहि २४ गते २१:०० बजे आशिष थापा र मिन बहादुर तामाङले मादक पदार्थ सेवन गरी चलाएको ग. ८ प. १०५९ नम्बरको मोटरसाईकललाई चेकजाँज गर्दा ले निजहरूले नगद रू ५ सय प्रहरीलाई दिएकाले निजहरूलाई नियन्त्रमा लिएको छ ।

            यसै गरी यही माघ २५ गते ०१:३० वजे काठमाण्डौ महानगरपालिका वागबजारमा दोलखाका दिलिप बस्नेतले मादक पदार्थ सेवन गरी पार्किङगरी राखेको मोटरसाईकलहरूलाई ढलाई रहेको अबस्थमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सोधखोज गर्दा प्रहरीलाई १ हजार रूपैया घुस दिएकाले निजलाई पक्राउ गरेको छ

            सबै घटनाहरू सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।