अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २५ माघ

            महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २५ गते १५:०० बजे ललितपुर बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका बिरेन्द्र प्रजापतीलाई संकास्पद अबस्थामा काठमाण्डौ चन्द्रागिरी नगरपलिका १४ मा  फेला पारी चेकजाँच गर्दा निजको साथबाट फेनरागन,डाईजेपाम र नुफिन गरी १५ एम्पुल  अबैध लागुऔषध बरामद गरेको छ । प्रहरीले प्रजापतीलाई लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।