राजश्व छली ल्याएका कपडा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ , २४ माघ

            महानगरीय प्रहरी प्रभाग कोटेश्वरले ८ लाख बराबरको बिभिन्न कपडा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि माघ २३ गते २३:४५ बजे बा.१७ च. ३३६८ नम्बरको सवारी साधनलाई जडिबुटिमा चेकजाँज गर्ने क्रममा बिभिन्न कपडाहरू सहित भारत बिहारका अरबिन्द कुमार गुप्ता, सवारी चालक धादिङका धन बहादुर मगर र सहचालक मोरङका मिलन राई लाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा निजहरूले पेस गरेका कागजपत्रहरू संकास्पद अबस्थामा रहेकाले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।