बिचौलियाहरु नियन्त्रणमा
ललितपुर , २४ माघ
महानगरीय प्रहरी वृत्त सातदोबाटोले १० जना विचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यहि माघ २३ गते १४:०० बजे यातायात व्यबस्था कार्यालय कुसुन्तिबाट नख्खिपोट बस्ने भोजपुरका निगम राई सहित १० जनालाई नियन्त्रणमा लिएको हो । निजहरूले कार्यालयमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो गरिदिन्छु भनि प्रभावमा पारी अनुचितकार्य गरीरहेको अबस्थामा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।