लागुऔषध सहित नियन्त्रणमा

२७ पुस , २०७५

काठमाण्डौ - महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि पुस २६ गते १८:४५ बजे ललितपुर महालक्ष्मीस्थानमा शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्‍ने ललितपुरका बखत बहादुर खड्का, ललितपुर बस्‍ने अजय ठाकुर, नख्खु बस्‍ने बिजय कुमार ठाकुर र लगनखेल बस्‍ने गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेट, ओनरफे ५ बोतल, Exiplone १ बोतल र Wincirex ३ बोतल सहित पक्राउ गरेको छ ।
यसै गरी महानगरीय प्रहरी वृत्त, जगतिबाट खटिएको प्रहरी टोलिले यहि २६ गते १५:५५ बजे भक्तपुर सल्लाघारीमा बा.८४.प. १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्‍ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्‍ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । प्रहरीले लागुऔषध सहित दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।