निशुल्क स्वास्थ्य चेकजाँच सम्पन्‌न

२७ पुस , २०७५

काठमाण्डौ - प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका, लैनचौर स्थित द होप हर्मिटेज प्रा.लि. वृद्धाआश्रममा रहेका वृद्ध वृद्धाहरूलाई नि:शुल्क स्वास्थ्य चेकजाँच सम्पन्‌न भएको छ । उक्त शिविरमा नेपाल प्रहरी अस्पतालका चिकित्सकहरूले वृद्ध वृद्धाहरूलाई स्वास्थ सेवा उपलब्ध गराएका थिए । सो स्वास्थ चेकजाँच कार्यक्रममा १० जना महिला तथा ९ जना पुरूष गरी जम्मा १९ जना वृद्ध वृद्धाहरूले स्वास्थ सेवा लिएका थिए ।