घरेलु मदिरा नष्ट

२७ पुस , २०७५

काठमाण्डौ - महानगरीय प्रहरी प्रभाग, कोटेश्‍वरले  अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले कोटेश्‍वरले एरियाका विभन्‍न स्थानहरूमा अबैध रूपले संचालन गर्दै आएको भट्टी पसलहरूमा यहि पुस २६ गते दिउसो ०२:०० बजे चेकजाँच गर्ने क्रममा अस्वास्थ्यकर सामाग्रीहरुको प्रयोग गरी उत्पादन गरिएका घरेलु मदिरा तथा कच्चा पदार्थहरुलाई नियन्त्रणमा लिई स्थानिय व्यक्तिहरुको रोहरवरमा नष्ट गरीएको छ ।