निशुल्क स्वास्थ्य चेकजाँच सम्पन्न

काठमाण्डौ, २६ पुस

प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका रविभवनस्थित "आमाघर" वृद्धाआश्रममा रहेका वृद्ध वृद्धाहरूलाई नि:शुल्क स्वास्थ चेकजाँच सम्पन्न भएको छ । उक्त स्वास्थ शिविरमा नेपाल प्रहरी अस्पतसलका चिकित्सक तथा अन्य स्वास्थकर्मीहरूले आमाघरमा रहेका वृद्ध वृद्धाहरूलाई स्वास्थ सेवा उपलब्ध गराएका थिए । सो स्वास्थ चेकजाँच कार्यक्रममा २१ जना महिला तथा १ जना पुरूष गरी जम्मा २२ जनाले वृद्धाहरूले स्वास्थ सेवा लिएका थिए  ।