मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने नियन्त्रणमा

काठमाण्डौ, २६ पुस

            महानगरी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवीबाट मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने  काठमाण्डौ नयाँबानेश्वर घर भई चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवी बस्ने ३४ वर्षीय सचिन गिरी र सिन्धुली घरभई काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवी बस्ने २० वर्षीय सुशान्त तामाङलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको छ ।