लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, २६ पुस

            महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले बुधबार बेलुका ५ बजे काठमाण्डौ महानगरपालिका १३ टंकेश्वरबाट   काठमाण्डौ महानगरपालिका १३ ताहाचल घर भएका ३२ वर्षीय राम डंगोललाई डाईजोपाम ९ एम्पुल,नुरफिन ९ एम्पुल र फेनारगन ९ एम्पुल गरी जम्मा २७ एम्पुल सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको छ ।