चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २५ पुस

           महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न स्थानबाट चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर बस्ने काभ्रेका गोबिन्द तामाङ, कोटेश्वर बस्ने रामेछापका राहुल मगर, थानकोट बस्ने मकवानपुरका सुनिल आलेमगर, भक्तपुर सुर्यविनायकका मधु महत र भक्तपुरकै सबिन महतलाई चोरीमा प्रयोग भएको बा.२ ख. ३७ नम्बरको बस, गाडिको डिस ४ थान, गाडिको टायर ४ थान सहित विभिन्न स्थानबाट पक्राउ गरेको छ । भक्तपुर नगरपालिका २ बस्ने रोशन गाईजुले संचालन गरेको सगरमाथा बिल्डर्स प्रा. लि. मा यहि पुस २२ गते चोरी गरेका थिए । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।