जुवातास खेल्ने नियन्त्रणमा

काठमाडौं, १९ कात्तिक

            महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ गोकर्णेश्वर नगरपालीका १० जोरपाटी मिङमार शेर्पाको घरमा डेरा गरी बस्ने टेक बहादुर मगरले तास खेलाई रहेको अवस्थामा  ६ बुक तास र १ लाख ३६ हजार २ सय ८५ रूपैया सहित १५ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।