पटाका सहित पक्राउ

काठमाडौं, १९ कात्तिक

काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ५३ वर्षीय बलराम लामा र धनुषाचौबिसे गाउँपालिका-६ घर भई हाल काठमाडौं बौद्ध तिनचुली बस्ने ४८ वर्षीय चेतनाथ राईलाई विभिन्न प्रकारका १ सय ४ प्याकेट पटाका सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-६ तिनचुलीमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बलराम लामाको साथबाट ६९ प्याकेट र चेतनाथ राईको साथबाट ३५ प्याकेट पटाका सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

साथै महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले नागढुङगामा चेलजाँच गर्दा ना ६ ख २८२७ नम्बरको ट्रकबाट ४८ प्याकेट विभिन्न थरीका पटाका, ना ५ ख ५९०३ नम्बरको बसबाट ७० प्याकेट पटाका,४३ पिस रकेट २ २५० प्याकेट झिरझिरे, ना ६ ४००२ नम्बरको बसबाट १०० प्याकेट पटाका,२८ पिस रकेट र २८० प्याकेट झिरझिरे बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।