पटाका सहित पक्राउ

काठमाडौं, १८  कात्तिक

            काठमाडौं, भक्तपुर र ललितपुरबाट विभिन्न प्रकारका पटाका सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

            काठमाडौं महानगरपालिका-५ कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलिप श्रेष्ठलाई विभिन्न किसिमका १ सय ४ प्याकेट पटाका सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

             ललितपुर ललितपुर महानगरपालिका-१५ चापागाँउ दोबाटोबाट पर्सा वीरगंज रानीघाटका ३८ वर्षीय दिपक साह सोनारलाई विभिन्न ४२ किसिमका २ हजार ५७ वटा पटाका सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सोनारको बिएन साईकल मर्मत पसलको गोदाममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पटाका फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

            भक्तपुर सूर्यबिनायक नगरपालिका-७ बासुटोल बस्ने ४२ वर्षीय पुरुषोत्तम बासुलाई सोही ठाउँस्थित किराना पसलबाट भुई पटाका १ हजार ४ सय ५२, रकेट पटाका ८, गमला पटाका १३, आलु बम पटाका ४ र झिरझिरे पटाका २९ वटा सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

                                     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।