जुवातास खेल्ने नियन्त्रणमा

काठमाडौं , १६ कात्तिक

                        कागेश्वरी मनहरा नगरपालिका २, आलापुर कृष्णचौर स्थित राजु नगरकोटीको घरमा जुवातास खेली रहेको अवस्थामा ४ बुक तास र ९६ हजार ५०  रूपैया सहित ९ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

            साथै भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ३ स्थित क्षितिज प्रजापतीको  घरमा जुवातास खेली रहेको अवस्थामा ३ बुक तास र ६४ हजार रूपैया सहित ६ जनालाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।