अवैध सामान बरामद

भक्तपुर, १६ कात्तिक

             सूर्यविनायक नगरपालिका-८ जगातीबाट करिब १ लाख २४ हजार ७ सय ४० रुपैयाँ बराबरको ६६ प्याकेट रजनीगन्धा गुटका बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ ।

            सोही ठाउँस्थित खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आइरहेको बा.४ ख ६९११ नम्बरको बस जाँच गर्ने क्रममा पछाडि डिक्कीमा उक्त गुटका फेला पारी बस र चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको  छ ।