सेवा निवृत भई जान लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द र प्रहरी नायव महानिरीक्षक गणेश केसीको विदाई सम्पन्न

काठमाण्डौ, २८ चैत

            मिति २०४४ साल चैत्र २९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक दर्जामा नयाँ नियुक्ती भई आज मिति २०७४ चैत्र २८ गतेबाट सेवा निवृत्त भई जान लाग्नु भएका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द र प्रहरी अतिरिक्त आयुक्त प्रहरी नायव महानिरीक्षक गणेश केसीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

            विदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्दले प्रहरी कर्मचारीहरुबाट प्राप्त भएको सहयोग र सहकार्यको लागि धन्यवाद दिनुभयो साथै संगठनलाई संगठनलाई थप सुदृढ र मर्यादित बनाउन सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

            महानगरीय प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका सह-आयुक्त प्रहरी बरिष्ठ उपरीक्षक पूर्ण चन्द्र जोशीले सेवा निवृत भई जान लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द र  प्रहरी नायव महानिरीक्षक गणेश केसीलाई मायाको चिनो प्रदान गर्नु भयो ।