लागुऔषध सहित पक्राउ

काठमाण्डौ, ८ चैत     

      प्रहरीले नागढुंगाबाट विभिन्न लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

विराटनगरवाट काठमाडौं आउँदै गरेको ना. ७ ख. ६३४२ नम्बरको यात्रुवाहक वसलाई चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका - २,  मोरङ बस्ने  २५ बर्षीय अमित कुमार शाहको साथवाट नुफिन ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल, डाईजाल्याव ५०० एम्पुल, नाईट्राजेपाम २८० ट्याव्लेट लागु औषध वरामद गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।