धारिलो हतियार प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

काठमाडौं, ७ चैत

            काठमाडौं महानगरपालिका–१० बानेश्वर देवीनगर बस्ने सर्लाहीका २१ वर्षीय पुरुषोत्तम सेढाईको धारिलो हतियार प्रहारबाट मंगलबार मृत्यु भएको छ । देवीनगर बस्ने झापा शिवसतासी नगरपालिका–११ का २३ वर्षीय गोपाल लिम्बु, १९ वर्षीय रोहित चौधरी, २० वर्षीय अशोक लिम्बु र २७ वर्षीय संजिव राईले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका पुरुषोत्तम सेढाईको मोडेल अस्पताल बागबजार हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप  उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।