महिलामाथी हुने हिंसा र दुर्व्यवहार तथा वैदेशिक रोजगारीका जोखिमहरू विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

भक्तपुर, २३ फागुन

        १०८औं नारी दिवशको अवसरमा महिलामाथी हुने हिंसा र दुर्व्यवहार तथा वैदेशिक रोजगारीका जोखिमहरू विषयक अभिमुखिकरण कार्यक्रम महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जेको आयोजनामा आज कटुञ्जेमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि चन्दले हिंसा सहनु कानुनी रूपमा अपराध रहेको र धार्मिक रूपमा पाप रहेको बताउनुहुँदै सबै महिलाहरूमा हिंसाको प्रतिकार गर्नु पर्छ भन्ने भावना हुनु आजको आवश्यकता भईसकेकोले घरेलु हिंसा, महिला हिंसा घर समाजबाट बाहिर आउन सकेमात्र हिंसा न्यूनिकरण गर्न सकिने वताउँनु भयो ।

         सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समाजमा महिला र पुरूष दुवै हिंसाको सिकार भईरहेकोले यसको विरूद्द सवैले आवाज उठाउनु पर्ने बताउँनु भयो ।
सामुदायिक सेवा केन्द्र कटुञ्जेका अध्यक्ष सन्तोष ढुंगेलले सामुदायिक सेवा केन्द्रले आगामी दिनहरूमा महिला तथा बालवालिका विरूद्ध हुने हिंसा न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्ने जानकारी दिनुभयो