लागुऔषध सहित पक्राउ

१४ फागुन, २०७४

काठमाण्डौ - स्वयम्भु डल्लुपुलबाट यहि फागुन १३ गते प्रहरीले कंकेश्वरी वस्ने राकेश श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा डल्लुपुलबाट काठमाण्डौ महानगरपालिका १९, कंकेश्वरी बस्ने ३३ वर्षिय राकेश श्रेष्ठलाई नुफिन १५३ एम्पुल, डाईजोपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल सहित पक्राउ गरेको छ। यसै गरी तारकेश्वर नगरपालिका ७, मनमैजुबाट २२ बर्षिय सुरज महर्जन र उदयपुर बोक्सा ७ घर भई हाल बसुन्धरा बस्ने २२ बर्षिय सुमन के.सी.को साथबाट नुर्फिन ६ एम्पुल, डाईजोपाम ६ एम्पुल र फेनरागन ६ एम्पुल सहित दुवै जनालाई महानगरीय प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।