मोटरसाईकल चोरी गर्ने व्यक्तिहरू पक्राउ

काठमाण्डौ, १० माघ      

काठमाण्डौ, महाराजगंजबाट प्रहरीले मोटरसाईकल चोरी गर्ने २ जनालाई चोरीको मोटरसाईकल र लागुऔषध सहित पक्राउ गरेको छ ।

            यहि माघ ८ गते शिक्षण अस्पतालबाट जित बहादुर वाईबाको  बा. ६० प. ४०३० नं. को रातो युनिकर्न मोटरसाईकल चोरी गर्ने काभ्रे घर भई हाल महाराजगंज बस्ने २२ बर्षीय डेण्डुप लामा र सोलुखुम्बु घर भई हाल महाराजगंज बस्ने २६ बर्षीय सबिन श्रेष्ठलाई चोरीको मोटरसाईकल र लागुऔषध डाईजोल्याब ५ एम्पुल, नुफिन ५ एम्पुल, फेनेरागन ५ एम्पुल  र ३ थान सिरिन्ज सहित महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले महाराजगंज शिक्षण अस्पताल अगाडी रहेको सुनाखरी होटलबाट पक्राउ गरेको छ ।

            घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।