गाँजा बिक्रिबितरणमा संलग्न ब्यक्ति पक्राउ

काठमाण्डौ, ०२ माघ      

काठमाण्डौ पशुपति बनकालीबाट प्रहरीले लागूऔषध गाँजा सहित मकवानपुरका सोनाम तामाङलाई  पक्राउ गरेको छ । 

   पशुपति बनकालीबाट लागुऔषध गाँजा बिक्रिबितरण गरिरहेको अवस्थामा मकवानपुर, हेटौडा घर भई हाल काठमाण्डौ, जोरपाटी बस्ने बर्ष १९ को सोनाम तामाङलाई  २३ पोका लागुऔषध गाँजा सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ ।

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।