लैंगिक हिंसा सम्बन्धी अन्तीरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ, २८ पुस

          सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबसपार्कको सँयुक्त आयोजनामा बागबजारको City Max Hall मा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दको प्रमुख आतिथ्यतामा लैंगिक हिंसा सम्बन्धी अन्‍तरक्रिया कार्यक्रम सम्पन्‍न भयो ।

       उक्त अवसरमा प्रहरी आयुक्त चन्दले लिङ्गकै आधारमा गरिने शोषण एवं हिंसाजन्य कार्य नै लैंगिक हिंसा भएको बताउनुहुँदै लैंगिक हिंसा विरूद्ध सबैजना एक भई कुनै प्रकारको समस्या परेमा नेपाल प्रहरीको हटलाईन नं १०० वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि सबैमा अनुरोध  गर्नुभयो । काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यवहारलाई न्यूनिकरण गर्न "Safety Pin Campaign" अभियान संचालन गरिएको समेत बताउनुभयो।

      कार्यक्रममा सामुदायिक सेवा केन्द्र, पुरानो बसपार्कका अध्यक्ष, पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरु, संघ-संस्थाका प्रतिनिधीहरू र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।