कैची प्रहार गर्ने ब्यक्तिहरु पक्राउ

काठमाण्डौ, २६ पुस

       पशुपति घुम्न आएका व्यक्तिहरुलाई लुटपाट गर्ने योजना अनुसार कैची प्रहार गरी गम्भिर घाईते बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

      गौशाला स्थित रुन्चेडाँडामा लुटपाट गर्नको लागि कैची प्रहार गर्ने संदिप राई र बिनोद मगरलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

     घटना सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।