अखाद्य खानेतेल बिक्री बितरण गर्ने ब्यक्तिहरु पक्राउ

काठमाण्डौ, २६ पुस

  काठमाण्डौ महानगरपालिका - ७, भत्केकोपुलमा सरिता चौरासियाले संचालन गरेको सुरज ट्रेडर्स नामको पसलबाट ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मितिको लेवल नभएको अखाद्य खाने तेल बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी, आपुर्ती ब्यबस्थापन र उपभोक्ताहित संरक्षण संस्थाको संयुक्त टोलीले खान तलासी गर्दा ५ वटा जर्किनमा ७५ लिटर र टिनमा भएको ५ लिटर गरी जम्मा ८० लिटर अखाद्य खाने तेल बरामद गरेको महानगरीय वृत्त गौशालाले जनाएको छ ।

      उक्त विक्रि बितरणमा संलग्न भारत, मोतिहारी घर भई सिनामंगल बस्ने २६ बर्षीय सरिता चौरासिया, २५ बर्षीय वालेश्वर साह र ३० बर्षीय राम सोगारत साहलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।