दुर्लभ पंक्षी हुचिल सहित पक्राउ

काठमाण्डौ, २४ पुस

  काठमाण्डौ महानगरपालिका - ६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिल सहित ३ जनालाई पक्राउ गरेको छ । 

हुचिल विक्री वितरण गर्न लागेको सुचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महनगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले दोलखा, तामाकोशी गाँउपालिका - ७ घर भई ललितपुर बस्ने २४ बर्षीय जेवी राई, भक्तपुर, बालकोट बस्ने २४ बर्षीय कमल भण्डारी र ईलाम घर भई ललितपुर बालकुमारी बस्ने ३१ बर्षीय पुर्ण बहादुर लिम्बुलाई एउटा हुचिल सहित नियन्त्रणमा लिएको छ ।

 पक्राउ परेका तिनै जनालाई कारवाहीको लागी हुचिल सहित जिल्ला बन कार्यालय काठमाण्डौमा पठाईएको छ ।