९ किलोग्राम चरेस सहित पक्राउ

काठमाण्डौ, १९ पुस

चन्द्रागिरी नगरपालिका - २, नागढुंगाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ ।

     महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा. ४ ख. ७३८० नं.को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ९ किलोग्राम लागुऔषध चरेस सहित धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

     तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।