लागऔषध सहित पक्राउ

काठमाण्डौ, १४ मंसिर

प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२, नागढुंगा चेकप्वाईन्टमा प्युठानबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा. २ ख. ४५७८ नंबरको यात्रुवाहक हाईस गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा धनुषा, दिगम्बरपुर बस्ने २८ बर्षीय रबिन्द्र साहले लुकाईछिपाई ल्याएको ४० ग्राम खैरो हिरोइन सहित साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महागरीय प्रहरी बृत्त थानकोटमा पठाईएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।