लागुऔषध सहित पक्राउ

काठमाण्डौ, ९पुस

महानगरीय प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका-१०, धौलागिरी सडकखण्डबाट लागुऔषध सहित जियालाल महतोलाई पक्राउ गरेको छ ।

उनको साथबाट नुफिन ३७ एम्पुल, डाईजाल्याब ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल बरामद भएको छ ।

यसैगरी, चन्द्रागिरी नगरपालिका - २, नागढुंगामा महोत्तरीबाट काठमाण्डौ आउँदै गरेको ना ४ ख ९५०९ नंबरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा विवेक कुमार सिंह र नितेश श्रेष्ठलाई नाईट्राजोपाम ३८४ ट्याव्लेट सहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्तमा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।