चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

काठमाण्डौ, २ पुस  

काठमाण्डौ महानगरपालिका १४ कलंकी चोकबाट बा ८८ प ५२७२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको भन्ने महानगरीय प्रहरी हटलाईन १०० मा खबर प्राप्त हुनासाथ तत्काल मातहत सम्पूर्ण वडा एरियामा चेकजाँच गर्ने क्रममा काठमाण्डौ नागार्जुन नगरपालिका वडा नं. बाट मोटरसाईकल सहित जिल्ला मकवानपुर कैलाश गाउँपालिका ६ घर भई काठमाण्डौ नागार्जुन नगरपालिका , शरणपुर बस्ने बर्ष २८ को राम बहादुर वाईवालाई प्रहरी चौकी भिमढुङ्गाले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भुमा राखिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।