जुवातासमा संलग्न पक्राउ

काठमाण्डौ, २६ असोज

     महानगरीय प्रहरी वृत्त कालिमाटिले नगद सहित जुवातास खेलमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।          

          चन्द्रागिरी नगरपालीका -१५, ढुङ्‍गेधारा स्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संयुक्त रुपमा संचालन गरेको फुलबारी फुड ल्याण्डमा तास खेलि रहेको अवस्थामानगद रु. ६ लाख ३७ हजार र ३ बुक ताससहित चन्द्रागिरी नगरपालिका -१४ नैकाप बस्‍नेराजकुमार कुँवर,नरेन्द्र ढकाल, लक्ष्मण कुँवर, बसन्त गैरेचन्द्र पौडेललाई नियन्त्रणमा लिईएको छ

          त्यसैगरी काठमाण्डौ हानगरपालिका -१४ कलंकी स्थित डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवा तास खेलिरहेको अबस्थामा नगद रु.७८ हजार सय ४५ रूपैया र १बुक तास सहितकाठमाण्डौ महानगरपालिका -१४, कलंकी बस्ने गणेशप्रसाद कोइराला, रामबहादुर रुम्बा, मनोज सापकोटा, तुलसा मगर ममता लिम्बुलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ

          घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।