लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २४ असोज

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।       

     चन्द्रगिरी नगरपालिका -२, नागढुंगा स्थित चेकपोष्टमा बाराको कलैयाबाट काठमाडौँ आउदै गरेको ना. . ८७९ नम्बरको यात्रु वाहक बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा सवार बारा, गढीमाई गाउँपालिका-१ घर भएको वर्ष २४ को लक्ष्मण साह र सोहि स्थान घर भएको वर्ष २५ को जोगेन्द्र सहिनको साथमा रहेको झोलाबाट लागुऔषध नाइट्राजेपान १४०८एम्पुल,नुफिन १९७ एम्पुल, फिनरागन १८० एम्पुल, डाइजापाम १८५ एम्पुल सहित निजहरू पक्राउ परेका हुन ।

   उक्त लागुऔषध कारोवारमा संलग्न अर्का ब्यक्ति काभ्रे, नमोवुद्ध नगरपालीका -३ बस्ने बर्ष २८ को गोपाल श्रेष्ठलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

   घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।