करेण्ट लागि मृत्यु

काठमाण्डौ, २३ असोज

         काठमाण्डौ महानगरपालिका-६ बौद्ध स्थित सडक बिस्तारको क्रममा डिकिछोमो शेर्पाको घरमा बिधुतवाईरिङ गर्ने क्रममा भारत, बिहार, बखरिया-८ घर भई काठमान्डौ, बौद्ध ६ बस्ने बर्ष ३७ को रामजी शाहलाई करेण्ट लागि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत बौद्धबाट प्रहरी टोली खटी गई मुचुल्कागरी लाश पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाईको छ।

   उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ