लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २३ असोज

     महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका स्थित अनामनगर र शंखमुलबाट लागुऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।

     लागुऔषध डाईजोपाम ५१ थान,नोफिन ३८ थान,फेनरागन ४२ थान, पात्गासिट १२ थान, सिरिन्ज ३ थान सहित जिल्ला उदयपुर बेलटार गाउँपालीका १ घर भई काठमाण्डौ बानियाटार बस्ने वर्ष २२ को बिक्रम राई,ललितपुर, सातदोबाटो बस्ने वर्ष २१ को मनोज महर्जन,जिल्ला लमजुङ घर भई काठमाण्डौ नयाबनेश्वर बस्ने वर्ष २३ को सुर्य बि.क., भारत बिहार पटना घर भई काठमाण्डौ नयाबानेश्वर बस्ने वर्ष २५ को महित सिन्हा, जिल्ला कैलाली, गोदवारी नगरपालीका-घर भई काठमाण्डौ, शंखमल बस्ने वर्ष २४ को बम कुवर,जिल्ला सिन्धुली, माडी गर भई काठमाण्डौ, नयाँबानेश्वर बस्ने वर्ष २३को पुकार गिरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

     घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।