कौडा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०८असोज

             कौडा खेली रहेको अवस्थामा १६ थान कौडा सहित १० जनालाई महानगरीय प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका २ गोंगबुबाट पक्राउ गरेको छ ।

         काठमाण्डौ महानगरपालिका २गोंगबु महाआदिश्री फोर्स प्रा.लि.मा हो-हल्ला भईरहेको सूचना प्राप्त भएपछिमहानगरीय प्रहरी वृत्त महाराजगंजबाटखटिएको प्रहरी टोलीले कौडा खेली रहेको अवस्थामा काठमाण्डौ असन बस्ने वर्ष ३० को बुद् लामा,जिल्ला बर्दिया राजपुर नगरपालिका ४ घर भई महानगरपालिकाबस्ने वर्ष ४० को चन्द्र पोख्रेल, स्वयम्भु बस्ने वर्ष ३० को लक्ष्मण लामा,जिल्ला काभ्रे मगलटार घर भई हाल काठमाण्डौ ज्ञानेश्‍वर बस्ने वर्ष ३३ को सुमन लामा,काठमाण्डौ असन बस्ने वर्ष ४४ को राजेन्द्र महर्जन,जिल्ला धादिङ गगा जमुना गाउँपालिका २ घर भई काठमाण्डौ गोगबु बस्ने वर्ष ३३ को मिन बहादुर तामाङ,जिल्ला दोलखा पुटुङ घर भई काठमाण्डौ बस्ने वर्ष ३३ वावुराम लामा,जिल्ला काभ्रे घर भई काठमाण्डौ चुनदेबी बस्ने वर्ष ३५ को दिने पराजुली, जिल्ला लमजुङ घर भई काठमाण्डौ गोगबु बस्ने मिलन जोशी जिल्ला धादिङ बसेली ३ घर काठमाण्डौ तार्केश्‍वर वस्ने वर्ष २८ को विकास घले समेत गरी १० जनाबाटनगद रु. ४ लाख २९ हजार कौडा १६ थान सहित नियन्त्रणमा लिई आबश्यक कार्बाहिको लागि महानगरीय प्रहरी बृत्त माहाराजगंजमाराखिएको छ ।

           घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।