निर्देशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौ, ६ असोज

          महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई आज नेपाल प्रहरी क्वल भृकुटी मण्डपमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी आयुक्त जय बहादुर चन्दले विजया दशमीको शुभकामना तथा " प्रहरी हाम्रो टोलमा " अभियान सम्वन्धी आवश्यक निर्देशन दिनुभएको छ ।

          मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुहुँदै आयुक्त चन्दले माननिय गृहमन्त्रीज्यूले प्रस्तुत गर्नु भएको गृह प्रशासन सुधार मार्ग अन्तर्गतको "शान्ती सुरक्षा र सुशासन,जनमैत्री प्रहरी र प्रशासन भन्ने नाराका साथ आजबाट सुरू भएको" प्रहरी हाम्रो टोलमा " भन्ने अभियानलाई सफल बनाउन आजै देखी आफ्नो ईलाकालाई नक्सांकन र जनशक्तीलाई विभाजन गरी काम सुरू गर्न निर्देशन दिनु भयो । उपत्यकाको सवै घर घरमा प्रहरी पुगि जनगुनासा तथा सुचना संकलन गरी अपराध अनुसन्धान र रोकथाम गरी जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

निर्देशनकै क्रममा आयुक्त चन्दले चाडपर्वलाई लक्षित गरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना सार्वजनिक गरी सकेको बताउँदै योजनामा उल्लेख भएको भन्दा पनि बढि खटिई सुरक्षा प्रदान गर्नु पर्ने बताउनु भयो ।  लाखौं जनताको सुरक्षाको अभिभारा बोकेको नेपाल प्रहरीले चाडपर्वमा घर जान नपाएकोमा मन खिन्न बनाउन नहुने भन्दै जनताको सुरक्षामा खटिन पाउनु ठुलो पुण्यको काम भएको मनन गर्दै कार्य क्षेत्रमा खटिन निर्देशन दिदै उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनु भयो ।