अवैध बालुवा चोरी गर्ने ट्रक सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २९ भदौ

     महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले मनहरा खोलामा अवैध रूपमा बालुवा चोरी निकासी गर्ने ७ वटा ट्रक सहित १९ जनालाई नियन्त्रणमा लिएको छ ।

     काठमाण्डौ महानगरपालीका-३२ पेप्सीकोला छाप्रो स्थित मनहरा खोलाबाट केही ब्यक्तिहरुले बालुवा निकालिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी टोली खटी गई बालुवा निकाल्दै गरेको अबस्थामा काठमाण्डौ महानगरपालीका-३२ पेप्सीकोला छाप्रो स्थित मनहरा खोलाबाट १७ जना सहित बा. २ ख. ८३३७, बा. ४ ख. ३५१०, बा. २ ख. ६७०५, बा.२ख. १७१५, बा.२ख.९२५९, बा.२ख.५९०५ कागेश्वरी मनहरा नगरपालीका-७ बिष्टगाँउ नजिक मनहरा खोलाबाट २ जना सहित बा. ४ ख. ३५९७ नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि जि.वि.स. को कार्यालयमा बुझाईएको छ ।

घटना सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।