लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २९ भदौ

   महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले महानगरपालीका-२ठमेलबाट लागूऔषध सहित २ जना पक्राउ गरिएको छ ।

       काठमाण्डौ महानगरपालीका २६ ठमेलमा लागु औषध कारोबार भईरहेको भन्‍ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा शंकास्पद अवस्थामा जिल्ला सिन्धुपाल्चोक घुम्ताङ्ग गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ जोरपाटी बस्ने वर्ष २३ को राम बहादुर मगर र जिल्ला दाङ्ग घोराही नगरपालीका ४ घर भई हाल काठमाण्डौ नक्साल बस्ने वर्ष २६ को सागर शर्माले लुकाई छिपाई राखेको निषेधित लागु औषध PHENERGAN थान - ५५, DIAZELAB थान - ५५, NOOPHIN थान - ५५, अमेरिकन डलर 10, मलेसियन रिङ्‍गेट - ५, र नेपाली रु. १,२२०/- निजहरुबाट फेला पारी आबश्यक कारवाहिको लागि महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ ।

   घटना सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।