लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ३० असार

   रौतहटको गौरबाट काठमाण्डौं आउँदै गरेको यात्रुवाहकबसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका -२, नागढुंगामा चेकजाँच गर्ने क्रममा रौतहट, गौर -३ घर भएको वर्ष २५ को अमितकुमारले डसनामा बेरी झोला भित्र राखि ल्याएको लागुऔषध नुफिन ३१२ एम्पल, फेनारागन ३२५ एम्पल, डाईजोपाम ३२५ एम्पल गरि जम्मा ९६२ एम्पल लागुऔषध सहितनिजलाई नियन्त्रणमा लिई महनगरीय प्रहरी वृत थानकोटमा राखिएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

                                                                                               यस

   यसै गरी आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपार्चर चेकिङ्ग एरियामाचेकजाँच गर्ने क्रममा नेपाल एयर लाईन्सको उडानद्वारा बैंकक जान लागेकधादिङ्ग, दारखा -१ घर भएको वर्ष ३० को कुमार सिंह तामाङ्गले लकेजब्याग भित्र लुकाईछिपाई लैजान लागेको ५ केजी लागुऔषध चरेस सहित निजलाई पक्राउ गरिएको छ ।

लागुऔषध ब्यूरोबाट घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ

Top of Form

Bottom of Form