जुवा तास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ३० असार

   काठमाण्डौ महानगरपालिका -६ कपन स्थित श्याम महर्जनको घरमा जुवातास खेलाई रहेको भन्‍ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले श्याम महर्जन सहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तास खालबाट नगद रु. ७६,0९५ सहित नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा राखि अनुसन्धान भईरहेको छ ।