सुन जस्तो बस्तु बरामद

काठमाण्डौ, २८ असार

     जिल्ला काठमाण्डौ नागार्जुन नगरपालीका-५ रामकोट स्थित रहेको तरकारी बारमा काम गर्ने जिल्ला काभ्रे बेथान गाउँपालिका ५ को बर्ष २४ को साईमन सोम नाम गरेको ब्यक्तिले सहि बारिमा रहेको टहरामा सुन जस्तो देखिने पदार्थ अबैध रुपमा लुकाई राखेको छ भन्‍ने बिषेश सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटीएको प्रहरी टोलीले उक्त स्थानमा तलासी गर्ने क्रममा अन्दाजी ८ किलो सय ८० ग्राम सुनजस्तो देखिने ९ थान बिस्कुटको आकारमा फेला परेको सामान सहित निज ब्यक्ति लाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त स्वयम्भुमा राखि थप आवश्यक अनुसन्धानकार्य भईरहेको छ ।