स्थानिय तहको निर्वाचनमा साहासिक कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत

काठमाण्डौ, २६ असार

     स्थानिय तहको निर्वाचन सुरक्षार्थ मतदान केन्द्रमा खटिएको अवस्थामामतदान प्रक्रिया तथा आम जनताको सुरक्षाका खातिर आफ्नो किन्चित प्रवाह नगरीसाहशिक, सह्रानिय,परिणाममुखी प्रहरी सेवा प्रदान गरी आम नागरिकमा सुरक्षाप्रदान गरी स्थानिय तहको निर्वाचनलाई शान्तीपुर्ण बातावरणमा सफल बनाउन उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा विशेष कार्यक्रमको आयोजना गरी निमित्त आयुक्त प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले नगद पुरस्कार प्रदान गरि सम्मान गर्नुभएको छ ।

     उक्त कार्यक्रममा दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ तुल्सिपुर उप-महानगरपालिका वडा नं. ३ स्थित श्री आधारभुत बिद्यालय, प्रतापकोट अम्बास मतदान केन्द्रमा खटिएको अवस्थामा अज्ञात समुहले मतदान केन्द्रलाई लक्षित गरि फालेको बम तत्कालै टिपेर मतदान स्थलबाट बाहिर फालि जनधनको क्षति हुन बाट बचाउने प्रहरी हवल्दार दुर्गा बहादुर राना लगायत पहिलो चरणको स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डिउटीमा खटिएको अबस्थामा ग्रामसभा उच्च मावि, धर्मस्थली मतदान केन्द्रमा मतपेटीका उठाई फाल्न खोज्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई मतपेटीकाको सुरक्षा गर्ने प्रहरी हवल्दार धन प्रसाद कुमाल र प्रहरी जवान दल बहादुर आलेले गरेको कार्यको उच्च मुल्यांकन गर्दै महानगरीय प्रहरी कार्यालयबाट पुरस्कृत गरिएको छ ।