जुवातास सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, असार २५

     काठमाण्डौ कागेश्वरी मनहरा नगरपालीका ७ मुलपानी स्थित श्याम श्रेष्ठको घरमा तास खेलाइ रहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्दबाट खटिएको प्रहरीले श्याम श्रेष्ठ सहित ७ जनालाई तिनबुक तास र ९० हजार २ सय सहित पक्राउ गरेको छ ।

           पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त वौद्दमा राखि अनुसन्धान भइरहेको छ ।