लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, असार २५

   काठमाण्डौ महानगरपालिका -१७,ढल्कु स्थित रेण्डपाण्डा होटलमा लागुऔषधको कारोवार भइरहेको भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरीवृत्त लैनचौरबाट खटेको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -१९ बस्ने वर्ष ३१ को समिर पुजारी, काठमाण्डौ महानगरपालिका -१७ बस्ने वर्ष २७ की अनिता पुजारी र काठमाण्डौ महानगरपालिका -१६ बस्ने वर्ष २९ को कविर महर्जनको साथबाट लागुऔषध डाइजाल्याप १२८ एम्पुल, नुरफिन १५५ ट्यावलेट, फेनरागन १६१ एम्पुल र नाईड्रोमेट १४ ट्यावलेट सहित पक्राउ गरी आबश्यक कारबाहिको लागि महानगरीय प्रहरी वृत्त, लैनचौरमा राखीएको छ ।

           घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।