लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २२ असार

         चन्द्रागिरी नगरपालिका -, नागडुङ्गा स्थित चेकप्वईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा सर्लाहिबाट काठमाण्डौ आउदै गरेको ना. ५ ख. ९२६१ नं को यात्रुवाहक बसमा सवार सर्लाही, लालबन्दी -७ घर हुने बर्ष १७ को सोनु कापरले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध फिनारगन १२० एम्पल,डाईजोल्याप १२० एम्पल, नोफिन १२० एम्पल र लुफीजेसिक १९ एम्पल गरि जम्मा ३७९ एम्पल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको छ