डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने पक्राउ

काठमाण्डौ, २१ असार

         संखुवासभा, तामाखु -५ घर हुने वर्ष २९ को सुमन गुरुङले बनस्थली ढुङगेधारा नजिक खाजा घर संचालन गरी बसेका हरि गुरुङलाई २०७४ असार १ गते डलर साट्ने प्रलोभनमा देखाई खामबन्दी गरेको UK पाउण्ड १५,०००/- लेखेको प्याकेट दिइ ठगी गरी फरार भएकोमा पुन २०७४ असार २१ गते निज सुमन गुरुङले काठमाण्डौ महानगरपालिका -१५, ऐराहिटी चोक बस्ने विर्ख बहादुर गुरुङलाई नेपाली रु. ५०,०००/- नगदमा डलर साट्ने भनि डलर प्याक देखाउदै गर्दा महानगरीय प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।