कस्तुरीको बिना सहित पक्राउ

काठमाण्डौ, २१ असार

   काठमाण्डौ महानगरपालिका२८, होटेल मिर्ची अगाडी महानगरीय प्रहरी वृत्त, दरवारमार्गबाट खटिएको प्रहरी टोलीले कस्तुरीको २ थान विना सहित ३ जनालाई पक्राउ गरेको छ । नुवाकोट, ओखरपौवा -२ बस्ने वर्ष २३ को अक्षय लामा, काभ्रे सल्लेकुम १ बस्ने वर्ष २९ को विष्णु लामा र काभ्रे १ बस्ने वर्ष ३१ को वुद्धिमान तामाङलाईमहानगरीय प्रहरी वृत्त दरवारमार्गमा राखी आवश्यक अनुसन्धान भैईरहेको छ ।